धनगढी, १० माघ
धनगढी उप–महानगरपालिका १४ मा रहेको शिवशंकर आधारभूत विद्यालयको २०औं बार्षिको उत्सव तथा अभिभावक दिवश शुक्रवार सम्पन्न भएको छ ।
बार्षिको उत्सव कार्याक्रममा विद्यार्थीहरुले बिभिन्न खेल तथा सांस्कृतीक नृत्यहरु प्रस्तुत गरेका थिए । यसैगरी विद्यालयको स्थापना काल देखि बिभिन्न क्षेत्रबाट योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिकोउत्सव कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विद्यालयको पढाईमा सुधार ल्याउनका लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बताए । शिक्षकहरुले मात्रै चाहेर विद्यालयको पढाई गुणस्तरमा सुधार नहुन सक्छ नगरप्रमुख वडले भने, त्यसैले अभिभावकहरुले पनि विद्यालयमा समय दिनुपर्छ ।
धनगढी उप–महानगरपालिकाले नगरका विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउदै लगिएको नगरप्रमुख वडले बताए । उनले भने, धनगढी उप–महानगरपालिका भित्रका ७ वटा विद्यालयमा प्राविधीक शिक्षाको पठनपाठन समेत सुरु गरिएको छ । शिक्षा क्षेत्रमा सुधार नआए सम्म अन्य क्षेत्रको सुधार आउन नसक्ने भएकाले आफु शिक्षामा सुधार गर्न लागि परेको नगरप्रमुख वडले बताए ।
बार्षिको उत्सव कार्यक्रममा सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व निर्देशक नन्दराज पन्तलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व निर्देशक पन्त, वडा नं १४ का अध्यक्ष राम बजारी चौधरी, नगरकार्यपालिका सदस्य प्रेमबहादुर बिक, पत्रकार कृत बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
शुक्रवार नै धनगढीको पञ्चोदय माध्यमिक विद्यालयले पनि बार्षिको उत्सव मनाएको छ । सोही अवसरमा नगरप्रमुख वडले उप–महानगरको आर्थिक सहयोगमा निर्माण गरिएको ६ कोठे भवनको उद्घाटन गरेका छन् ।