विविध कार्यक्रम सहित फाया नेपालले मनायो २५ औँ वार्षिकोत्सव

१० माघ २०७६, शुक्रबार
विविध कार्यक्रम सहित फाया नेपालले मनायो २५ औँ वार्षिकोत्सव

धनगढी ,१० माघ २०७६। “समृद्धिका लागि संगसगै”भन्ने नारा सहित फाया नेपालले आफ्नो २५ औँ वार्षिकोत्सव शुक्रवार धनगढीमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । फाया परिसरमा आयोजित वृहत चियापान तथा सामाग्रीहरु वितरण कार्यक्रममा कार्यक्रममा सस्थाका कार्यक्रम निर्देशक धर्मराज पाठकले वि.स. २०५१ साल माघ १० गते स्थापना भएको फाया नेपालले सबैखाले विभेदहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माणका लागि गठबन्धन र बहु साझेदारी मार्फत् सीमान्तकृत, पाखा पारिएका गरीब, महिला, द्वन्द्वपीडित र अपाङ्गता भएका ब्यक्ति,जेष्ठ नागरिक तथा समुदायको आधारभूत सार्वजनिक सेवामा पहुँच बृद्धि गर्न खाद्य सुरक्षा, वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन गर्न र जोखिम न्यूनीकरणमा आफ्ना विभिन्न गतिविधीहरु संचालन गर्दे आईरहेको बताउदै सस्थाको २५ वर्षको अभियान,उपलब्धी र योगादनको चर्चा गर्नुभएको थियो ।

phaya-1

यसक्रममा सस्थाले फूलवारी जेष्ठ नागरिक समितीलाई दिवासेवाका लागि आवश्यक पर्ने कार्यालय सामाग्रीहरु अफिसटेबल २ वटा,कार्पेट २४० वर्गफिट,त्रिपाल १ थान,म्याट्रीक्स २ थान,सेतोपाटी २ थान,बाल्टी २ थान,वितरण गरेको छ भने यसैगरी जिल्ला ट्राफिक कार्यालय,कैलालीलाई २०० थान माक्स,नवजिवन अस्पताललाई २०० थान माक्स,पदमा अस्पताललाई २०० थान माक्स र सेती प्रादेशिक अस्पताललाई ४०० थान माक्स सस्थाका अध्यक्ष लोकराज भट्ट र सस्थाका कार्यक्रम निर्देशक धर्मराज पाठकले सेती प्रादेशिक अस्पताल विकास समितीका अध्यक्ष दुर्गा जोशीलाई हस्तान्तरण गर्नुभयो । त्यसैगरी गौरीगंगा नगरपालिकाका लिक्मा शिविरका मुक्त कमैयावस्तीलाई वाल्टी २२ वटा,मग २२ वटा सस्थाका सूचना,संञ्चार तथा अनुगमन संयोजक शेर वहादुर बस्नेत र निती तथा साझेदार संयोजक धनपति ढुगेलले हस्तान्तरण गर्नुभयो । २५ औ वाषिकोत्सवमा फायाले सस्थापक सदस्यद्धय जीवन कुमार बम र खडक बमलाई सम्मान समेत गरेको छ । कार्यक्रम सस्थाका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सूचना,संञ्चार तथा अनुगमन संयोजक शेर वहादुर बस्नेतले गर्नुभएको थियो । वार्षिकोत्सवमा जनप्रतिनिधीहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधी,सरकारी,गैरसरकारी,निजी क्षेत्रका प्रमुख एवं प्रतिनीधि,पत्रकार,शिक्षक,जेष्ठनागरिक,समाजसेवी,सस्थाका सस्थापक, साधारण,आजीवन सदस्यहरु,पदाधिकारी,कर्मचारी लगायतको सहभागीता रहेको थियो । वि.स. २०५१ साल माघ १० गते स्थापना भएको फाया नेपाल यस क्षेत्रकै अग्रणी सस्थाको रुपमा चिनिन्छ । स्थापनाकाल देखि नै विभेदहरुको अन्त्य गर्दै समतामूलक र समृद्ध समाजको निर्माणका लागि अधिकारमूखी अभियानहरु सञ्चालन गर्दै आइरहेको छ

Wedding Story advertisement Of Jems Movies & Photo Studio