नरेश राना/ लालझाडी,१० असाड ।
कञ्चनपुरकाे लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४७ करोड पचास लाख १ हजार पाँच सय रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
आज भएको नबौं गाउँ सभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष सत्य देवी महराले आगामी असार्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन ।
गाउपालिका प्रमुख मदनसेन बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा योजना पारित भएका हुन ।
उपप्रमुख महरा र प्रमुख बडायकले प्रस्तुत गरेको नीति,कार्यक्रम तथा बजेट गाउ सभा सदस्यहरुले पारित गरेका हुन । लालझाडी गाउपालिका प्रमुख बडायकले अगामी आर्थिक बर्षका लागि बर्षका लागि मुख्य गरेर स्वास्थ्य , शिक्षा, कृषि, भौतिक पुर्वधार, तटबन्ध, स्वरोजगारमा प्राथमिकता दिएको बताए ।
हामी आगामी बर्षको निति,कार्यक्रम तथा योजना पारित गरिसके गाउ प्रमुख बडायकले भने , तैपनि छलफलका लागि हामीले गाउँ सभा सदस्यहरुलाई प्रतिवेदन दिएका छौ , केहि छुटफुट भए थप्ने कुरा बताए गापा प्रमुख बडाएकले ।