कृषि बिकास बैकले गरिब विद्यार्थिहरुलाई न्यानो कपडा बितरण

कृषि बिकास बैकले गरिब विद्यार्थिहरुलाई न्यानो कपडा बितरण

धनगढी,८ माघ २०७६। कृषिविकास बैकको ५३ औँ बार्षिक उत्सबमा गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
संघिय संसद नारमुनि रानाको पहलमा धनगढी उपमहानगर पालिका स्थित न्यु कालिका आ.वि. धुरजन्ना , सम्जना आ.वि. डुमौलिया , मुक्तिनाथ आ.वि. मनेहरामा अध्ययनरत विद्यार्थिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

kapada bitran


कृषि बिकास बैकको बार्षिक उत्सबको अबरमा बैकले समाजिक सुरक्षा कल्याण कोषको रकमबाट प्रत्येक बर्ष गरिब तथा विपन्न बर्गका व्याक्तिहरु लाई सहयोग गर्दै आइरहेको बताए सुदुर पश्चिम प्रदेश क्षेत्रिय कृषि बिकास बैकका प्रमुख गणेश दत्त डिसी ।
कार्यक्रममा क्षेत्रिय तालिम केन्द्रका प्रमुख रुद्र बहादुर केसी ,कृषि विकास बैक धनगढी बैकि¨ शाखा प्रमुख जगदिश प्रसाद पन्त , क्याम्पस रोड स्थित कृषि बैकका शाखा प्रमुख चक्र विष्टको उपस्थित रहेको थियो ।

विज्ञापन