पुनर्वास नगरपालिकाले जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कम्बल वितरणा

६ माघ २०७६, सोमबार
पुनर्वास नगरपालिकाले जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कम्बल  वितरणा

कञ्चनपुर, माघ ६
पुनर्वास नगरपालिकाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कम्बल बितरण गरेको छ ।
पुनर्वास नगरपालिकाको वडानम्बर १० मा आज सम्पन्न भएको “जेष्ठ नागरिक तथा एकल महिला सम्मान कार्यक्रम” मा सो सम्मान गरिएको हो ।
पुनर्वास नगरपालिका नगर सभा बैठकले पारीत गरि वडानम्बर १० लाई प्राप्त हुन आएको एक लाखको लागतमा सो कार्यक्रम भएको हो । कार्यक्रममा असी बर्ष माथिका चौतिस जना जेष्ठ नागरिक र एक सय बीस जना एकल महिलाहरुलाई न्यानो कम्बल ओढाएर सम्मान गरीएको थियोे ।
त्यस अवसरमा पुनर्वास नगरपालिकाको सहयोगमा सञ्चालित तीन महिने सिलाई कटाइ तालिम प्राप्त गरेका महिलाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख जीवनराज थापाले नगरपालिकाले सबै क्षेत्र र सवै समुदायलाई भेदभाव नगरी समान किसिमले विकासको अवसर प्रदान गरेको बताउनुभयो ।”यो माघको जाडोमा असी बर्ष माथिका बुवाआमालाई कम्बल बाँडेर न्यानो बाँडन पाएकोमा आफुलाई भाग्यमानी ठानेको छु ।” नगरप्रमुख थापाले भन्नुभयो ।
नगर उपप्रमुख शारदा बिष्टले वृद्ध व्यक्तिहरु परीवार र समाजको वाटो देखाउने पथप्रदर्शक भएकाले यस अवस्थामा परीवारले सम्मान र स्याहारमा ध्यान पुर्‍याउन सके समाजले फाईदा लिन सक्ने बताउनुभयो ।
पुनर्वास १० का वडाध्यक्ष सुकदेव रानाले जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कम्बलले सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताउनुहुँदै घरमा पनि वृद्ध व्यक्तिहरुलाई सम्मान र माया दिएर राख्नुपर्ने विचार राख्नुभएको थियो ।
उहाँले निकट भविष्यमै अपांग तथा असक्तहरुलाई समेत सम्मान गरीने जानकारी समेत दिनुभयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio