धनगढी, ५ माघ । कैलालीको हरैयामा माघ मिलन २०७६ सम्पन्न भएको छ ।
हरैया माघ मिलन मुल आयोजक समितिको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना भएको हो । माघ मिलन कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सुवेदीले माघको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य चुनकुमारी चौधरी र गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन् ।
कार्यक्रममा थारु संस्कृति भल्कने पुराना हस्तकलाका सामाग्री, थारु खाना, भेषभुषा कला संस्कृति प्रदर्शनी, बिभिन्न थारु नाच प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार सोनु कुश्मी, रमेश मिसन र बालगायक अनुप बिसीले आफ्ना प्रस्तुती राखेका थिए ।
‘थारु भाषा संस्कृति कला गीतबाँस हमार सान, समृद्ध समाज निर्माण कर्ना हमार समान अभियान’ भन्ने नाराका साथ थारु समुदायमा लोप हुन लागेका कला, संस्कृति जर्गेना गर्ने उद्देश्यले माघ मिलन कार्यक्रम आयोजना गरेको हो ।
थारु अगुवा बल बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा संयोजक भिम बिकले स्वागत मन्त्यव्य राखेका थिए । कार्यक्रमको सञ्चानल मोहन चौधरी र दिलसरी चौधरीले गरेका थिए ।