हाेरी गीत प्रतियाेताकाे प्रतिक्षाकाे घडी अब टुटयाे यी भइन विजेता

१७ चैत्र २०७७, मंगलवार
हाेरी गीत प्रतियाेताकाे प्रतिक्षाकाे घडी अब टुटयाे यी भइन विजेता

धनगढी,१७ चैत ।

होरी पर्वको उपलक्ष्यमा रानाथारु समन्वय मञ्च पुनर्वास कञ्चनपुरले अनलाइन प्रतियोगिता संचालन गरेको थियो । चैत १ गते बाट शुरूभएकाे प्रतियाेगिता चैत १५ गते रातकाे १२ गते सम्म संचालन भएकाे थियाे ।

कोभिड १९ कोरोना भाइरसको कारणले भौतिक दुरीलाई कायम राख्दै रानाथरु सामुदायको लोप हुदै गइरहेको भाषा संस्कृति संरक्षण र समबद्घन गर्ने उद्देश्ले यो अनलाई प्रतियोगिता राखेको हो बताए संस्थाका अध्यक्ष धोखे राना ।

उहाँले होली पर्व रानाथारुहरुको मात्र नभएर सबै हिन्दुहरुको दोस्रो ठुलो तिउहार हो र रानाथारु सामुदायले होली पर्वलाई एक महिना आठ दिन सम्म मानउने गर्दछन । अहिले मिक्स समाज र पश्चमी सभ्यताबाढदो प्रभावले रानाथारु मात्र नभइ सबै जाति समुदाय त्यसको चमेटामा परेको बताए ।

त्यसमा पनि कम जनसंख्या भएका हामी जस्ता जाति समुदायको संस्कृतिमा त झनै अप्ठयारोमा परेको छ । रहन सहन खानपान देखि लिएर सवैमा पश्चिमेली संस्कृतिको प्रभाव भएकोले रानाथारु उत्थान समन्वय मञ्चले अनलाईन होरी गित प्रतियोगिता राखेका हो ।


यस प्रतियोगिताबाट रानाथारुहरुको लोप हुनलागेको होली गित संकलन गर्नमा सहयोग पुगेको बताए संस्थाका सचिब तिर्थराज रानाले । वहाँले अनलाईन होरी गित प्रतियोगितामा प्रथम ,दिृतिय ,तृतिया र सन्तोना पुरुसकार प्राप्त गर्ने तथा सहभागि सबैलाई बधाई तथा धन्यवाद शुभकामना दिनुभएको हो ।

वहाँले विजेता प्रतियोगिहरुलाई नगद पुरुस्कार प्रथमरु , दिृतिया , तृतिया र सान्तोना पुरुषकार तिन जानालाई दिन्छौ । उक्त पुरुषकार एक कार्यक्रमका विच दिने बतावरण हाम्रो संस्थाले संबन्धित निकायसंग समन्वय गरिरहेको बताए सचिब रानाले ।


सर्वप्रथम सम्पुर्ण होरी गित प्रतियोगिता २०७७ मा सहभागि सबै प्रतियोगिलाई बधाइ तथा धन्यवाद दिएको बताए संस्थाका निर्णायक मण्डलका संयोजक मोढी विलासी राना । प्रतियोगिता आफैमा जटिल बिषय हो त्यसमा रानाथारुहरुको होरी गितको बारेमा छनौट गर्न साह्रै गारो हो ।

रानाथारुहरुको स्पेसल भाषा विशेषज्ञा नभएको त्यसमा पनि पुरुष , महिलाहरुले गाउने पुराना लोक गित तिनीहरुको भाखा,लय , तरज देखि सबै फरक हुने गर्दछ । प्रतियोगितामा भाग लिने सबै प्रतियोगि एकसे एक भएकोले हामी निर्णायक मण्डललाई निर्णय गर्न सह्रै अप्ठयारो बनायो तर पनि खेलको नियमै हो एउटालाई विजय घोषित गर्नु पर्ने भएकोले हामी तपसिलका प्रतियोगिहरुलाई प्रतम,दिृतिय र तितृत तथा सन्तोना घोषणा गरेका छौ ।
प्रथम : नाम : कौशिल्या राना ठेगाना : धनगढी –७ देवहरिया गाउँ प्रतियोगि नं.१६
दिृतिय : नाम लक्ष्मी राना ठेगाना धनगढी –१३ राजपुर गाउँ प्रतियोगि नं.२
तृतिय : नाम : सिता राना ठेगाना : बेलौरी –६ भकुन्डा गाउँ प्रतियोगि नं.७
सान्त्वना प्रथम नाम : श्यामा राना ठेगाना : पुनपा –५ सिमरी गाउँ प्रतियोगि नं. २६
सान्त्वना दिृतिय नाम : सितादेवी राना ठेगाना : बेलौरी –६ भकुन्डा गाउँ प्रतियोगि नं.१०
सान्त्वना
दिृतिय नाम : लालबहादुर राना ठेगाना कृष्णपुर ७ कलुवापुर प्रतियोगि नं.२२

Wedding Story advertisement Of Jems Movies & Photo Studio