बेहुलाबुहलीले खाद्यन्न र कपडा बांडे

४ माघ २०७७, आईतवार
बेहुलाबुहलीले खाद्यन्न र कपडा बांडे

धनगढी, माघ ४

धनगढी–४ निवासी रुपेश खड्काका नवविवाहित दम्पतिले अनाथ आश्रम तथा सडकबाट उद्धार गरिएका बेसहरा महिलालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका छन् । बाबा टेलिभिजन तथा केवुलका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका सदस्य रुपेश खड्का र उनका धर्मपत्नि यमुना कठायतले आफ्नो वैवाहिक सम्बन्ध गांसिएको अवसरमा आइतबार विहान सो सामाग्रि सहयोग गरेका हुन् ।

1

बिहिबार वैवाहिक बन्धनमा बाधिएका खड्का दम्पतिले धनगढी–५ मा रहेको आमाको माया छात्राबासमा रहेका बालबालिकालाई १२ थान ब्लाङ्केट दिएका हुन् । छात्रबासमा अहिले २७ जना बालकहरु बस्दै आएका छन् । आफ्नो जीवनको महत्वपूर्ण समयमा उनीहरुलाई पनि खुशी बाड्न सहयोग गर्ने सोच बनाएको खड्काले बताए । चिसो र शितलहरका समयमा न्याना कपडाले बालकहरुलाई राहत मिल्ने विशवास उनको छ । यस्तै धनगढी–७ मा रहेको दृष्टि फाउण्डेशनलाई ५ बोरा चामल, १० केजी दाल, एक कार्टुन तेल र १२ केजी नुन सहयोग गरेका हुन् । फाउण्डेशनले सडकमा आउन बाध्य भएका, मानसिक समस्यामा परेका र असहाय महिलाहरुको उद्धार, उपचार, परामर्श र स्याहार गर्ने गरेको छ । फाउण्डशनकी सञ्चालिका कल्पना भट्टले खाद्यन्न प्राप्त गरेपछि नवसववाहित दम्पतिलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । फाउण्डेशनमा अहिले ३९ जना महिला छन् । यी संस्थामा विवाह, जन्मोत्सव लगायतका अवसरमा दानदाताहरुले यस्तै विभिन्न सहयोग गर्ने गरेका छन् ।

2

Wedding Story advertisement Of Jems Movies & Photo Studio