सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

नगरप्रमुख वडको टोलीद्धारा सुदूरपश्चिम समाज दक्षिण कोरीया संग छलफल

नगरप्रमुख वडको टोलीद्धारा सुदूरपश्चिम समाज दक्षिण कोरीया संग छलफल


धनगढी, २६ पुस
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड नेतृत्वको टोलीले शनिवार सुदूरपश्चिम समाज दक्षिण कोरिया संग छलफल गरेको छ ।
छलफलमा नेपालमा लगानी मैत्री वातावरण नभएकाले आफुहरु चाहना भएर पनि काम गर्न नसकिरहेको गुनासो दक्षिण कोरियामा रहेका नेपालीहरुले गरेको नगरप्रमुख वडले बताए । आफ्नो मात्री भूमीमा लगानी लगाउने चाहना भएर पनि सरकारले वातावरण बनाउन नसकेको गुनासो धेरैले गरे नगरप्रमुख वडले भने, मैले पहिले भन्दा अहिले अवस्था सुधार हुदै आएकाले ढुक्कले लगानी गर्न आग्रह गरे । धनगढी उप–महानगरपालिका लगानी मैत्री वातावरण बनाउन तयार छ नगरप्रमुख वडले भने, यहाँहरुलाई सजिलो हुने किसिमले कानुन निर्माण गर्न पनि तयार छौं । धनगढी उप–महानगरपालिकाले आयोजना फागुन २२ र २३ गते आयोजना गर्ने विकास सम्मेलनका बारेमा समेत आफुले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई जानकारी गराएको नगरप्रमुख वडले बताए ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष यज्ञराज जोशीले वातावरण बनेमा आफुहरु दुःख गरेर कमाएको पैशा नेपालमा लगानी लगाउन तयार रहेको बताए । कार्यक्रमको बिशिष्ट अतिथीमा नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदिप थापा, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाह रहेका थिए । त्यसैगरी कार्यक्रममा डाक्टर सिद्धार्थ पाण्डे लगायतको सहभागिता थियो । टोलीको सुदूरपश्चिम समाज दक्षिण कोरियाले भब्य स्वागत गरेको थियो