नमस्ते सहकारीले ग¥यो आठ जना डाक्टरलाई सम्मान

२५ पुष २०७६, शुक्रबार
नमस्ते सहकारीले ग¥यो आठ जना डाक्टरलाई सम्मान

धनगढी, २५ पुस ।

नमस्ते बचत ऋण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख शुसिला मिश्रभट्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी प्रबन्धक विजय चौधरी संगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उहाँ आर्थिक २०७५/०७६ को असार मसान्तसम्म निक्षेप संकलन १२ करोड ३२ लाख ७१ हजार २ सय ० रुपिया, चुक्ता शेयर पुँजी १ करोड ६ लाख ७९ हजार २ सय र कर्जा लगानी १८ करोड ३३ लाख २ हजार ९ सय ९९ सय रुपिया र शेयर सदस्य ४८ सय ४७ जाने रहेको जनैलै ।

कार्यक्रममा सहकारीले थारु समुदायबाट एमविविएस पास गरेका आठ जना डाक्टरलाई सम्मान गरेको छ । सहकारीबाट सम्मानित हुनेमा डा. गणेश चौधरी, डा. यज्ञवती राना, डा. मनोज चौधरी, डा. सुरेन्द्र चौधरी, डा. सरोज चौधरी, डा. विजय चौधरी, डा. सुमन चौधरी, डा. श्रद्धा चौधरी रहेका छन । त्यसैगरी सहकारीले असल बचतकर्ता शम्शेर चौधरी, कमला चौधरी, रामश्रे राना, लक्ष्मीनारायण चौधरी, परसराम चौधरी, चमरु रानालाई सम्मान गरेको छ । सहकारीका असल ऋणी सम्मानितमा लालुराम चौधरी, सीता चौधरी, मन्केश्वर चौधरी र उत्कृष्ट बजार प्रतिनीधि सम्मानितमा प्रेमवती राना रहेका छन ।

त्यसैगरी उत्कृष्ट महिला समूह केन्द्र सम्मानितमा कोसेली महिला केन्द्र, कोपिला महिला केन्द्र, चन्द्रा महिला केन्द्र, उन्नती महिला केन्द्र, सयपत्री महिला केन्द्र, सहेली महिला केन्द्र, लक्ष्मी महिला केन्द्र, नयाँ गोरेटो महिला केन्द्र, सम्झना महिला केन्द्र, इन्द्रेणी महिला केन्द्र, एकता महिला केन्द्र, जनकल्याण महिला केन्द्र, हिम्मतपुर महिला केन्द्र, गरिमा महिला केन्द्र, गोही महिला केन्द्र र जोगिनीया महिला केन्द्र रहेका छन ।

सहकारीका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नारायण बराल, वडा–७ का अध्यक्ष सीताराम राना, घोडीघोडा लद्युवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष प्रभातकुमार चौधरी, कार्यकारी प्रमुख कुन्नुनारायण चौधरी, थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरी, जिल्ला सहकारी संघका उपाध्यक्ष फणिराज सापकोटा, पूर्व सांसद कैया चौधरी लगायत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन सचिव जीवन चौधरी र स्वागत मन्तव्य उपाध्यक्ष रोहितकुमार चौधरीले व्यक्त गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio