रानाथारू परिकार “फरा” बनाउने तरिका

१७ मंसिर २०७७, बुधबार
रानाथारू परिकार “फरा” बनाउने तरिका

बेलाैरी,१७ मंसिर ।

रानाथारु सामुदायको परिकार मध्य फरा एक विशेष परिकार हो । नयाँ धान घरमा भित्रियाइ सकेपछि सोहि धानको चामलको पिठाबाट (भगवानलाई पुजा गर्न प्रसादको रुपमा) फरा बनाइन्छ ।यसलाइ चौधरी थारुहरुले पनि बनाउने गर्छन उनीहरुले यसलाई ढिकरी भन्दछन । रानाथारुको फरा पात्लो लामो अकारमा हुन्छ भने चौधरी थारुहरुको ढिकरी छोटो मोटो अकारमा हुन्छ । बनाउने तरिका भने एकै जसो हुन्छ ।


फरा बनाउका लागि आवश्यक समाग्रि
पानी तताउने भाँडो – बटुला
पइन र धुपनी – ढकिया
फलामको जाली वा काठको टुक्रा
चामलको पिठो
खाने तेल
केराको पात
आवश्यक भाँडाकुडा आदि


बनाउने विधि
सब भन्दा पहिले एउटा भाँडोमा पानी तताउने । पानी तातो भइसके पछि अली अली गर्दा चामलको पिठो तातो पानीमा हाल्दै चलाउने गर्नु पर्छ । यसरी चामलको पिठोलाई पकाउने गर्नु पर्छ ।त्यस पछि अलि अलि पिठो गर्दै सबै पिठो मुछने गर्नु पर्छ । अब एउटा भाँडोमा पानी राख्ने पानी राखेको भाँडो माथि पइन – ढकिया राख्ने ।

फरा पानीमा नखसोस भनेर पइनमा फलामको जाली या काठको टुक्रा राख्ने ।अब थाल उल्टो गरी राख्ने र थालको पिधमा अलि अलि मुछेको पिठो लिदै हातले लामो हुने गरी बेलनु पर्छ । पिठो बेली सकेपछि फरा नबिग्रोस भनेर तेल लगाउदै केराको पातमा राख्दै गर्नु पर्छ ।

पइन भरिने गरी फरा तयार गरि सकेपछि पइनको भित्र फरा पइनमा ना चप्कोस भनेर खाने तेल हल्का गरि लगाउने त्यस पछि बिस्तारै सबै तयारी फरा पइन भित्र राख्दै राम्रो संग बफाउनका लागि माथिबाट केराको पातले छोप्ने बाफ बाहिर जान नदिका लागि धुपनीले पनि छोपदिनु पर्छ । अब १५ /२० मिनेट पछि बफाउन दिनु पर्छ । एक छिन पछि फरा तयार हुन्छ ।


फरालाई आप्नो स्वाद अनुसार यसमा नरिवलको धुलो , चिनी पनि मिसाएर बनाउन सकिन्छ ।
फरा तयार भइ सके पछि तोरीको , भाजीको या भिथोहा साग र नुनखुर्सानी , धनियाँ मिक्स भएको नुन ( चटनी ) संग खान सकिन्छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio