पचगडिया-बाइसे बिचवा सडक सिलान्यास

१० मंसिर २०७७, बुधबार
पचगडिया-बाइसे बिचवा सडक सिलान्यास

नरेश राना /लालझाडी,१० मंसिर ।

कञ्चनपुरको लालझाडी गाउँपालिका आज पूर्वधार बिकास आयोजनामा हुलाकी राजमार्ग जोडने वाणी देखतभुली कञ्ज शंकरपूर पचकडीया- बाइसेविचवा सडकखण्ड अन्रतग लालझाडी गाउँपालिका वडा नं. ४ डाँगा जाईको सडक कालोपत्रे हुने भएको छ ।

पूर्वधार विकास कार्यालय मार्फत लालझाडी गाउपालिका –४ डाँगा जाई क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । के. एस.कन्सट्रक्सन प्रा.लि.ले ६ कारोड लागतमा ठेक्का पाएको छ । बुधवार एक कार्याक्रमका विच भौतीक पूर्वधार विकास मन्त्री पठान सिंह बोहराले सडक शिलान्यास गर्दै गुणस्तरिया काम गर्ना निर्देशन दिए ।

मन्त्री बोहराले उक्त सडक संघबाट प्रदेशमा आएकाले प्रदेश सरकारले गर्ने बताए । प्रदेश सभा सदस्य तारालामा तमाङले निर्माण कम्पनीलाई समयमै काम गर्ने निर्देशन दिए सडकबाट जनता पिडित छन उनले भने । हामीले हाम्रो ठाउँबाट के–के काम गर्छौ निर्माण कम्पनीले ईमान्दारी पुर्वक काम गर्नुपर्छ ।

सडक समय भित्र सकिनु पर्छ । लालझाडी गाउपालिका अध्यक्ष मदन सेन बडायक ले चुनावमा जनता संग गरेका बाचा पुरा गर्ने बताए । हामी तिनै तहका जनप्रतिनिधिले जनतासंग गरेको बाचा पूरा गर्ने अभियानमा जुटेका छौ ।

फलस्वारुप यो सडक आज कालोपत्रेका लागी पहल गर्ने र यो कालोपत्रे कार्य लाई छिटो भन्दा छिटो काम अगाडि बढाउने आग्रह गरेका थिए । यो कालोपत्रे सडकको सम्झौता २०७७ । ३ ।३० मा भएको र २०८० । ३ ।२९ गते सकिने भएको म्याद भित्र सकिने गरी कार्य अगाडी बढाउने बडा बासी जनताले आशा गरेका छन । कार्यक्रमलाई प्रविधिक अधिकृत पूर्वधार विकास कार्यालयका हेमराज भट्टले सञ्चालन गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio