धनगढी,५ मंसिर ।
सघनसहरी कार्यक्रम अन्तरगत नेपालकम्युनिष्ट पार्टी ( नेकपा) को केपि नेतृत्वको सरकारले २०७२ सालमा २० वटा सहरहरु मध्य हामीले धनगढीलाई छनौट गरेको बताए । रानाथारु आदर्श युवाकलब द्वारा आयोजित खुल्ला भलिवल खेलकुद प्रतियोगितको समुदघाटन गर्दैै भनेका थिए ।
“हामीले एक सयबाट शुरु गरेको बृद्घ भत्ता अहिले ३ हजार पु¥याएका छौ,, सघनसहरी कार्यक्रमको निरन्तरताले धनगढी गाउमा मेघा सिटीहल , फुलबारीमा कोल्डस्टोर, जडिबुटि प्रसोधन केन्द्रको स्थापना गरेको बताए । ”
“धनगढी मा.वि.लाई धनगढी अधारभुत नमुना प्रविधि विद्यालय बनाउन सफल भएका छौ । कैलाली जिल्लाकै पुरानो विद्यालयकै रुपमा रहेको विद्यालयको नमुना भवन निर्माणधिन अवस्थामा रहेका छन ।”
“ यसै गरि कनरीको पुल देखि बेहडाबाबा मन्दिर सम्मको सडक फुलबारीको पच्चिसघर देखि गदरिया सम्माको सडक कालो पत्रे हुनेकामको टेन्डर अबहुदै छ” वहाँले भन्नु भयो “तपाइहरुले हामीलाई विश्वास गरेर जिताउनु भयो । हाम्रो निर्वाचन क्षेत्रमा थुर्पै योजनाहरु सम्पन्न भैसकेका छन र कतिपय योजनाहरुको शूरुवात भइरहेको जानकारी गरए । धनगढी गाउको राधास्वामी सतसंग नजिको नालामा पुलको नक्सामा प्रविधिक समस्या भएर काममा अलिढिलो हुनगएको छ ।”
“ यसैगरी कैलाली बहुमुखि क्यामपसको परिक्षाहल निर्माण गर्न सम्पन्नगरेका छौ , शिवनगर खानेपानिको ट्याङ्की निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरेका छौ , धनगढी गाउको भलिवल कोडको प्याराफिट निर्माणका लागि रु ५० लाख र प्रदेश माननिय नेपालु चौधरीको बजेटबाट रु १० लाख बाट वारीपरीको घेरवार जालिको निर्माण काम सम्पन्न भएको बताए ।”
हामीले केन्द्र , प्रदेश र स्थानिय तहसंग समन्वय गरी विकासका कार्यहरुलाई अगाडि बढाएको बताए माननिय राना ।
कार्यक्रमका विश्ष्टि अतिथि धनगढी उपमहानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष नरायण बराल थिए भने नेकापाका नेता पुस्कल कर्मचार्य , नेपाल रानाथरु समाजका केन्द्रिय उपाध्यक्ष तथा माननिय सांसदका स्वाकिय सचिब कमल सिंह राना, नेपाल रानाथारु समाजकि केन्द्रिय कोषाध्यक्ष कन्दकला राना , पूर्व वडाअध्यक्ष लालमनि राना लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम कलबका अध्यक्ष श्यामलाल रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागतमन्तव्य सदस्य लालबहादुर रानाले गरेका थिए र संचालन शिवराज रानाले गरे ।
आज धनगढी गाउको अगलि पट्टि र पछली पट्टीका भाइहरुले मैत्रिपुर्ण खेल दिखाएका थिए । खुल्ला भलिवल प्रतियोगितामा १५ टिमहरुले भाग लिएका छन । प्रथम पुरुषकार रु ३० हजार दृतिया रु २० हजार र तृतिय दूइवाट टिम लाई रु ५/५ हजारका दरले ट्रफि र प्रमाणपत्र दिनेकुरा आयोजकले बताए । कार्यक्रम भोलि सम्म चल्ने छ ।