धनगढी, पौष ०३
बिगत केहि दिन देखिको तराई क्षेत्रको सित लहर र चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका सामुदाईक तथा संस्थागत विद्यालयहरुमा दुई दिन बिदा दिने निर्णय गरीएको धनगढी उप–महानगरपालिकाले एक सुचना जारी गर्दै पुष्टि गरेको छ ।
धनगढी उप–महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु कोईराला दारा पुष्टि गरीएको सुचनामा २०७६ पौष ०३ गते विहान ०८ः०० बजे शिक्षा सरोकारवालाहरुसंगको बैठकको निर्णय अनुसार बिद्यालयहरुमा बर्षे र हिउदे बिदाबाट बिदा मिलान हुने गरी २०७६ पौष ०३ र ०४ गते दुई दिन बिदा दिने बताइएको छ ।
धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहिवार र शुक्रवार बन्द गर्ने निर्णय भएको हो ।