कैलाली,२ ३पौष २०७६।
राष्ट्रिय गौरबको योजना सेति लोकमार्ग अब कुनै पनि कारणबाट राेकिदैन नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बताउनु भएको छ
। कैलालीको बौनियामा बौनिया बजार ब्यवस्थापन समितिको आयोजनामा गरिएको बर्दगोरिया सेति लोकमार्ग पहिचान महोत्सबको उद्घाटन गर्दै मन्त्री भट्टले बन क्षेत्र र आईइको कारणले गर्दा अब सेतिलोक मार्ग निर्माण कार्य नरोकीने बताउनु भएको हो ।
सेतिलोक मार्गलाई नजिक बाट आफुले नियालेको हुदा बिगत देखि नै यसको निर्माणका लागी पहल गरि रहेको स्मरण गराउदै मन्त्री भन्नु भयो ‘‘केही कारणले गर्दा अहिले सम्म निर्माण हुन नसकेको मार्ग हाम्रै पालामा निर्माण सम्पन्न हुने छ ।
यसका लागी सरकारले सबै तयारी पुरा गरिसकेको हुदा सकसमा नबस्न सबैलाई अग्रह गर्नु भयो । साथै लम्कीचुहा नगरपालिका वडा नं.३ डुडुझारीमा निर्माण हुने सुदुरपश्चिम प्रदेशकै गौरब डुडुझारी औधोगिक क्षेत्रको कागजी सम्पुर्ण तयारी पुरा भई सकेको समेत मन्त्री भट्टले जानकारी दिनु भएको छ । आर्ईई देखिको सम्पुर्ण काजगी प्रक्रिया पुरा भईसकेको हुदा डुडेझारी औधोगिक क्षेत्रको शिलान्यास चाडै हुने बिश्वास ब्यक्त गर्नु भयो ।
महोत्सव उत्घाटन समारोहलाई संघिय सांसद झपट बहादुर रावल,सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक बिकास मन्त्रि दिर्घ बहादुर सोडारी,प्रदेश सांसद नन्द बहादुर साउद,रतन थापा,बिरमान चौधरी,कैलाली जिल्ला समन्व समितिका सभापति सुर्य बहादुर थापा लगाएतले सम्बोधन गर्नु भएको थियो । बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले मन्त्रीलाई भट्टलाई ३ बुदे माग पत्र हस्तन्तरण गर्नु भएको छ ।
निर्माणधि सेति लोगको निर्माण यथाशिघ्र सुरु गरिनु पर्ने,जिर्ण अवस्थामा रहेको बासुलिङ् सुगर मिल सञ्चालनमा ल्याईनु पर्ने र बर्दगोरिय गाउँपालिकामा बहुमुखि क्याम्पसको स्थापना गरिनु पर्ने लगाएतका ३ बुदे माग पत्र अध्यक्ष सुनारले मन्त्री भट्टलाई हस्तान्तरण गर्नु भएको हो ।
कृषि,ब्यापार,संस्कृति र पर्यटनको बिकास‘‘निर्माणाधिन सेतिलोक मार्गको निकास भन्ने मुल नाराका मंगलवारबाट सुरु भएको महोत्सव माघ २ गते सम्म सञ्चालन हुने छ । महोत्सबलाई करिब २ लाख दर्शकले प्रत्येक अवलोकन गर्नेछन भने करिब ४० लाख रुपैयाको कारोबर हुने आयोजकले अनुमान गरेको छ । महोत्सकवको दोस्रो दिन पौष २३ गते बुधवार चर्चित गायक प्रकाश सपुत र चर्चित गायिक प्रिती आले लगाएत स्थानिय कालाकारको बेजोड प्रतुति रहने छ ।