लालझाडी–३ मा खुल्ला फुटवल प्रतियोगिता शुरु

लालझाडी–३ मा खुल्ला फुटवल प्रतियोगिता शुरु

कञ्चनपुर , २२ पुस २०७६
लालझाडि गा.पा.–३ स्थित बल्मिमा खुल्ला फुटवल प्रतियोगिता शुरु भइको छ । मंगलबारका दिन लालझाडि गा.पा.कि उपमेयर सत्यदेवी महराको प्रमुख अतिथ्यमा कार्यक्रमको उदघाटन गर्नु भएको थियो । खेल अनुशासन विकास र गतिशिलताको आधारमा खेलखेलीने र यस लालझाडि –३ मा भइरहेको फुटवल खेलमा र फिल्डमा हुने सहयोग गा.पा बाट बेहोरिने समेत प्रतिबद्घता गरेकी थिइ उपमेयर महरा ।

कार्यक्रमका विश्ष्टि अतिथि लालझाडि – ३ का वडा अध्यक्ष टिकाराम चौधरी तथा अर्का विश्ष्टि अतिथि जिल्ला फुटवल खेलकुद विकास समितिका उपाध्यक्ष जित बहादुर तमाङ्ग रहेका थिए । कार्यक्रम लालझाडि –३, खेलकुद का अध्यक्ष रामसाह रानाको सभापतित्वमा भएको थियो ।

खेल नकाउट द्वारा देलाइने छ जसमा २० टिमले सहाभागि रहेको आयोजकले जनाएको छ । आजको उदघाटन मैत्रीपुर्ण खेल शिवशक्ति नन्दगाउँ भर्सेस कनैल युवा क्लब विच भएको थियो जसमा ४ शुन्यले शिवशक्ति विजय को शुरुवात गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिम लाई नगद रु २५ हजार ५सय पचास र दृतिय हुने लाई टिमलाई नगद रु १५ हजार ५सय पचास पुरस्कार तथा प्रमाण पत्र ले सम्मान गरिने आयोजकले जानकारी दिए ।

त्यसै गरी भोली हुने खेलहरुमा देखतभुली भर्सेस भतपुरिया र कंज भर्सेस अमलिया बिच हुने जानकारी दिए ।

विज्ञापन