माघि पर्वको उपलक्ष्यमा देवहरियामा फुटवल प्रतियोगिता

२२ पुष २०७६, मंगलवार
माघि पर्वको उपलक्ष्यमा देवहरियामा फुटवल प्रतियोगिता

धनगढी , २२ पुस २०७६।

धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित देवहरिया समुदायक वन उपभोक्ता समुहले थारुहरुको महान पर्व माघिको उपलक्ष्यमा फुटबल प्रतियोगिताको अयोजना गरेको छ । ”हरेक गोल लिपुलेग र कालापानी हाम्रो हो” भन्ने मुल नाराका साथ सोमबारको दिन धनगढी उपमहानगर पालिकाका उप–मेयर शुसिला भट्ट ( मिश्रा )को प्रमुख अतिथ्यमा फुटवल खेलको समोदघाटन गर्नु भयो ।

उदघाटन समरोहलाई सम्बोधन गर्दै नगर उपप्रमुखले भनिन खेलको बिकासले देशको विकाश हुन्छ ,यसको लागि हामीबाट हुने सहयोग गर्न धनगढी उपमहानगर पालिका हरदम तत्पर छ । यसको साथै हामीले आपनो स्वस्थ्यलाई पनि ख्याल गर्नुपर्ने हुन्छ , जुन थारु समुदायमा देखिएको एक प्रपकारको बंषाणुगत सरुवा रोग इन्नेमिय हो । तपाईहरुले समयमा आफनो रगत चेकजाँच गराइहल्नु होला भनि सबैसंग यसै कार्यक्रम मार्फत आग्रह गरिन । 

त्यसैगरी कार्यक्रमका विश्ष्टि अतिथि धनगढी वडा नं. ७ का वडा अध्यक्ष सिताराम रानाले भने खेलको स्थरउन्नतीको लागि हामी लागिपरेका छौ गत साल पनि खेलको लागि रकम विनियोजन गरौ र आउदोँ वर्षमा पनि खेलको विकासको लागि रकम विनियोजित गर्छौ भनेका थिए साथै वहाँले थारुहरुको महान पर्व माघिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको शुभकामना दिने धनगढी उमनपा वडा नं. १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशी ,सरस्वती मा.वि. का प्र.अ. ज्ञानेन्द्र वहादुर शाह, शिव आ.वि.का प्र.अ. नन्दलाल राना , मनेहरा स.व.का अध्यक्ष मोती रानाथारु , धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा सदस्य यमुना भट्ट ( जोशी ) , अर्जुन चौधरी लगायत सयौ दर्शकको उपस्थिती रहेको थियो । कार्यक्रम देवहरिया समुदाय वन उपभोक्ता समुहका अध्यक्ष भजन रानाको अध्यक्षतामा भएको थियो ।

वहाँले फुटवल प्रतियोगिता कार्यक्रममा १९ वटा टिमको सहभागि रहेको जानकारी गराएका थिए । कार्यक्रम पुस २१ देखि २९ सम्म संचालन हुने छ र प्रथम , दृतिय टिमलाई नगद पुरस्कार क्रमशः ५१ हजार र ३१ हजार , ट्रफि २ थान तथा खेलाडिहरुलाई प्रमाण पत्रले सम्मान गर्ने बताए स.व.अध्यक्ष राना । कार्यक्रमको स्वगत देवहरिया स.व.का सल्लाहकार सदस्य देव बहादुर सेठीले गरे भने संचालन पृथ्वी राम रानाले गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio