सामन कि गित प्रतियोगिता समापन

सामन कि गित प्रतियोगिता समापन

धनगढी,८ सावन ।

नेपाल रानाथारु समाज द्वारा आयोजित बेलौरी नगर पालिकाको प्रयोजकमा रानाथारु डटकम मिडिया पाटनरमा सामन कि गित प्रतियोगिता समापन भयो ।
कार्यक्रमको प्रमुख अतिथी माननिय नारदमुनि राना रहनुभएको थियो वहाँले कार्यक्रम मार्फत देशविदेशमा रहेका दाजुभाइदिदीबहिनीहरुमा रानाथारुको महान पर्व तिजको हार्दिक शुभकम दिएका थिए । कार्यक्रममा तिज प्रतियोगितामा प्रथम , दितिय र तृतिय भएका र सहभागि सबैलाई बधाइ , शुभकामन र धन्यवाद दिनुभयो । अब आउने दिनहरुमा यस्ता तमाम कार्यक्रम गर्नकोलागि अनुरोध गर्नुभएका थियो । कार्यक्रमका विशिष्ट अतिथी बेलौरी नगर पालिकाका नगर प्रमुख पोतिलाल चौधरी रहनुभएको थियो , यसैगरी शुभकामना दिने अतिथीहरुमा कृष्णपुर नगर पालिकाका उप प्रमुख रमिता राना , बेलौरी नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार राना लगायत शुभकामना मनतव्य दिनुभएको थियो ।
सामन कि गित प्रतियोगिता कार्यक्रममा ३१ जना प्रतियोगि सहभागि भएका थिए । कार्यक्रमको जजमेन्टका संयोजक तथा नेपाल रानाथारु समाजका पुर्व अध्यक्ष पदम रानाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रथम रामबेटी राना गुलरीया कञ्चनपुर , दृतिय सिता राना भकुन्डा कञ्चनपुर , तृतिय लक्ष्मी राना राजपुर कैलाली , सान्तोना मध्य उत्कृष्ट – बडीमुडीयान पानादेवी राना सिमिरी कञ्चनपुर , रोसनी राना भदपुरीया कञ्चनपुर , रामकली राना , जानकी राना उर्मा कैलाली , फगुनी राना कलकत्ता कञ्चनपुर ।
कार्यक्रम नेपाल रानाथारु समाज केन्द्रिय अध्यक्ष कृपाराम रानाको सभाअध्यक्षमा शुरुभएको थियो उहाले प्रतियोगि सबैलाइ धन्यवाद तथा बधाइ दिदै भने कुनै पनि कार्यक्रमको नियममा प्रतियोगि मध्य एक जना प्रथम हुने भएको ले प्रथम दृतिय र तृतिय भएका लाई क्रमशः नगर तथा प्रमाण पत्र सहित सम्मान गरिने जानकारी गराए प्रतियोगिताको पुरुषकार राशी प्रगियोगि कहाँ पु–याउने जानकारी दिएका थिए ।
कार्यक्रमको स्वागत नेपाल रानाथारु समाजका उपाअध्यक्ष कमल सिंह रानाले गरेका थिए भने संचालन महासचिब भक्तराज रानाले गरेका थिए र प्रविधिक सहयोग रानाथारु डटकमका दिनेश रानाले गरेका थिए ।

सेयर कर दियो ।

विज्ञापन