रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा बाढीपछि फसेका पाँच कर्मचारीको शव पहिचान गरी परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ छन् ।
उनीहरू सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको कन्ट्रोल रुम क्षेत्रमा बुधबार मृत फेला परेका थिए । नेपाली सेनाको हेलिकप्टरमार्फत शव नुवाकोट लगेर परिवारजनलाई बुझाइएको हो ।
बाढीले चिलिमे केन्द्रको दुईवटा टर्बाइनसहित सम्पूर्ण संरचनामा क्षति पुगेको कम्पनीले जनाएको छ।







