काठमाडौँः सरकारले सरकारी कर्मचारीहरूलाई अब महिनामा दुई पटक तलब दिने निर्णय गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेका हुन् ।
हालसम्म कर्मचारीहरूले महिना पूरा भएपछि एकमुष्ट रूपमा तलब पाउने व्यवस्था रहेकोमा अब प्रत्येक १५ दिनमा तलब र भत्ता उपलब्ध गराइनेछ । वैशाख ४ गते गरिएको निर्णयअनुसार अर्थ मन्त्रालयले यो नयाँ प्रणाली कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालय लाई आवश्यक निर्देशन दिइसकेको छ ।
सरकारले कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापन सहज बनाउन र बजारमा नगद प्रवाहलाई सक्रिय बनाउने उद्देश्यले यस्तो व्यवस्था ल्याएको जनाएको छ । यसअघि मासिक भुक्तानी प्रणालीका कारण महिनाको बीचतिर आर्थिक दबाब पर्ने गुनासो बढ्दै गएको थियो ।

नयाँ ‘अर्धमासिक’ प्रणाली लागू भएपछि कर्मचारीहरूलाई खर्च व्यवस्थापनमा थप सहजता आउने अपेक्षा गरिएको छ ।







