रानाथारु नेता कमल सिंह राना भूमि आयोगमा नियुक्त

२६ माघ २०८१, शनिबार
रानाथारु नेता कमल सिंह राना भूमि आयोगमा नियुक्त

धनगढी: नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य, लोकतान्त्रिक थारु संघका केन्द्रीय सचिव तथा लोकतान्त्रिक आदिबासी जनजाती महासंघ सुदूरपश्चिम इन्चार्ज, नेपाल रानाथारु समाज कैलाली, कञ्चनपुरका केन्द्रीय अध्यक्ष कमल सिंह रानालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कैलाली जिल्लाको भूमि समस्या समाधान आयोगको विज्ञ सदस्यमा नियुक्त गरेको छ ।
मन्त्रालयले २०८१ सालको भूमि समस्या समाधान आयोग गठन आदेशको दफा ८ को उपदफा (१) को खण्ड (च) बमोजिम रानालाई विज्ञ सदस्यमा नियुक्त गरेको हो । उनको पदावधि सोही आदेशको दफा ८ को उपदफा ३ बमोजिम हुनेछ ।
नेकपा (एमाले) धनगढी उपमहानगरपालिका वडा नं ८ द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा रानालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
यस नियुक्तिसँगै मन्त्रालयले रानालाई बधाई ज्ञापन गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा सक्रिय योगदानको अपेक्षा गरेको छ । यो नियुक्तिले कैलाली जिल्लामा रहेको जटिल भूमि समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio