धनगढी: कैलाली मा हुन गइरहेको सुदूरपश्चिम महोत्सव २०८१ मा सहभागी हुनलाई अब ईसेवा एप (Esewa App) वा वेबसाइटमार्फत घरमै बसेर पनि टिकट खरिद गर्न सक्नुहुन्छ।
कसरी लिन सकिन्छ टिकट?
Esewa App: App खोलेर Travels & Ticketing मा गएर eSewa Events मा क्लिक गर्नुहोस्। त्यहाँ सुदूरपश्चिम महोत्सव २०८१ को विकल्प छान्नुहोस् र टिकट खरिद गर्नुहोस्।
ईसेवा वेबसाइट: https://esewaevents.com/booking/sudurpaschim-mahotsav-2081 मा गएर टिकट खरिद गर्न सक्नुहुन्छ।
टिकटको मूल्य
साधारण: रु. १००
विद्यार्थी: रु. ५०
सुदूरपश्चिम महोत्सवले प्रदेशको कृषि, व्यापार, पर्यटन, उद्योगलाई प्रवर्धन गर्ने उद्देश्य राखेको छ। यस महोत्सवमा विभिन्न प्रकारका प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, खाद्य प्रदर्शनी लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन्।
महोत्सव धनगढी उप-महानगरपालिका-१, पशुपतिटोलमा मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ।
ईसेवा एप(Esewa App)मा देखाइएको QR कोडलाई प्रवेश गेटमा देखाएर सहज रूपमा महोत्सवमा प्रवेश गर्न सक्नुहुन्छ।