धनगढी । सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु हुन लागेको छ । आगामी मंसिर २२ गतेदेखी पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजक कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने छ ।
महोत्सवको तयारी तिव्र पारिएको कैलाली उधोग बाणिज्य सघंका अधयक्ष पुस्पराज कुवँरले बताए । महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा बिभिन्न उपसमिति बनाइएको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा कृषि,जडिवुटी, हस्तकला फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ५०० जति स्टलहरु रहने जनाइएको छ । अध्यक्ष कुवँरका अनुसार करिव ९५ प्रतिशत स्टल वुक भइसकेको छ र महोत्सवको करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए । यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदुरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने अध्यक्ष कुवँरले विश्वास लिए ।
महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित २९ उप समिति रहेको बताउँदै उनले सवैको उत्कृष्ट सहयोगले सुदुरपश्चिम महोत्सव २०८१ भव्य रुपमा सम्पन्न गर्ने बिश्वास लिए । उनका अनुसार महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधिका स्टल रहने छन्।
वाणिज्य संघका महासचिव ओम बिष्टले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दिइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी सर्मा ओलीलाई निमन्त्रणा गरिएको बताए । तर प्रधानमन्त्रीको चिन भ्रमणका कारण महोत्सव उद्घाटनमा आउने निश्चित नभएको उनले बताएका छन् ।
महोत्सवको टिकटको केही रकम सामाजिक क्षेत्रका विषयहरुमा छुट्टाइएको छ । सम्मृद्ध महिलाको लागी ः आर्थिक सामाजिक सशक्तिकरण को लागी प्रति टिकट रु।२ छुट्टाइएको छ भने प्रति टिकट रु। ५ रुपैया संघको विपद व्यवस्थापन कोषमा जम्मा गरिने कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । यसका साथै सामाज विकासको चुनौतिको रुपमा रहेको लागु औषध दुव्र्यसन विरुद्धको अभियानको लागी प्रति टिकट रु। १ छुट्टाइएको जनाइएको छ ।