कृष्णपुरमा कार्तिक २१ देखि फुटबल प्रतियोगिता हुदै

November 5, 2024
कृष्णपुरमा कार्तिक २१ देखि फुटबल प्रतियोगिता हुदै

कञ्चनपुर: राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित कृष्णपुर नगरपालिकामा आउदो २१ गते देखि प्रथम ए.वि.एफ.सि फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। आयुस ब्रदर्श फुटबल क्लब र मछेली युवा क्लब वाणीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा विजेता टिमले नगद रु ३१ हजार ट्रफी , मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। फिफा नियम अनुसार नकाउट सिस्टममा खेलाईने छ। प्रतियोगितामा प्रवेश शुल्क ३ हजार १ सय लाग्ने आयोजक तथा खेल संयोजक सुरेन्द्र चौधरी ले बताएका छन्। 

प्रतियोगितामा बेष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर लाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजक समुहले जनाएको छ। प्रथम ए.वि.एफ.सि फुटबल प्रतियोगिता कृष्णपुर २ वाणी स्थित मछेली खेलमैदानमा हुनेछ।