हात्तीको आक्र्रमणबाट मारिएका लालझाडी का राना परिवार लाई cfcc द्वारा नगद सहयोग

१८ आश्विन २०८१, शुक्रबार
हात्तीको आक्र्रमणबाट मारिएका लालझाडी का राना परिवार लाई cfcc द्वारा नगद सहयोग

नरेश राना 

कञ्चनपुर, १८ असोज 

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय समिति(सिएसिसी)ले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको हो । गत साता हात्तीको आक्र्रमणबाट मारिएका लालझाडी गाँउपालिका ४ खल्ला जाई का ५० बर्षिया रामदत्त रानाको परिवारलाई नगद आर्थिक सहयोग दिईएको छ । १२ असोज मध्य रातमा हात्तीको आक्र्रमणमा परेर रानाको मृत्यु भएको थियो । 

शुक्रबार सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीपीडित राना परिवारलाई नगद २५ हजार रुपैया सहयोग गरेका छन । सिएफसिसीका अध्यक्ष जोशी हात्ती पीडित रानाको घरमै पुगेर मृतक परिवारलाई नगद आर्थिक सहयोग गरेका हुन । 

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीबाट मारिएका राना परिवारलाई सिएफसिसीले खडा गरेको ‘मानव–बन्यजन्तु’राहत कोषबाट उक्त रकम दिएको बताए । मुलुकमा तीन सरकार भएपनि सामुदायिक वन समन्वय समितिले आफ्नो परिवारको ब्रजपातमा राहत दिएको भन्दै आभार प्रकट गरेका छन । सामुदायिक वन समन्वय समितिले मानव बन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएको छ । पछिल्ला बर्षहरुमा हात्तीको आक्र्रमणबाट कञ्चनपुरमा मानवियदेखि भौतिक क्षति पु¥याउँदै आएको छ ।तर, न्यूनिकरणका लागि कुनैपनि सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन । 

Wedding Story advertisement Of Jems Movies & Photo Studio