सुथराे हए रानाथारू पाेशाक

१९ चैत्र २०७६, बुधबार
सुथराे हए रानाथारू पाेशाक

धनगढी , १९ चैत ।रानाथारू संस्कृतिक रूपमा निकै धनी मानिन्छ । रानाथारू जाती टाउको देखि पैताला सम्मा बिभिन्न किसिमका चाँदिका गरगहनाहरू लगाउने गर्दछन भने सुनको गहना प्राय कम मात्रमा लगाउने गरेको पाइन्छ ।

रानाथारू जातिका महिलाहरूले टाउकोमा जुढा (जुडा) निधारमा बिछिया,नाकमा सुनको नकबेसर,सुनको नथुनी । कानमा चाँदीका बिर , उनले बनेका गुटका ( टप्पु ) घाँटीमा हसुलिया , गरेला , कठुला,नौलखा हार, हातमा लगौरा , बारा , साम ,चुरा , मुदरी र खुट्टामा लगाउने पैडा , ढुर्नी, बिछिया लगाउ छन भने पहिरनको रूपमा अँगीया , फतुइ, र घाँघरीया , डुरीया लगाउने गर्दछन भने उनियाँ गुर्खा ,घुँघट उढने गर्छन ।

त्यसै गरी पहिले रानाथारू जातिका महिलाहरू आपना हातमा लिला गोदाउने चलन पनि थियो जुन मृत्य पछि पनि रहिरहोस या मनुष्यको मृत्यु संग साथ जान्छ रे भनेर बिभिन्न चित्र बनाउन लगाउथे भन्ने भनाइ रहेको छ ।

रानाथारू पुरूषहरूले लगाउने पाेषाक  कमिज , फतुइ,धाेती , र त्यसकाे माथीबाट कालाे रेशमकाे धागाे (स्याहाली) काे माेटाे कैँधनी र खुट्टामा पाैला ( काठले बनेकाे)खराउ लगाउने गर्दछन । तर अाजभाेली याे पाेशाक प्राय लाेप भइसकेकाे छ । जुन अन्य कुनै जाती समुदाय संगकाे भेषभुसा संग मेल खाँदैन ।

बैबाहिक जिवनमा बाँधिदा लगाउने पाेषाक माथीदेखी तल सम्म एउटै कपडाले बनेकाे  झगीया , पगा , फेटा , ढाल ,तरबार , कटाराे , बटुवा अादि लगाउने गर्छन । महिला हरूले लगाउने चुनरी (सेताे कपडाकाे) ,घाँघराे अादि

Wedding Story advertisement Of Jems Movies & Photo Studio