नन्दलाल राना, कैलाली । गोरखा पत्र संस्थान समितिको यही सोमबार सम्पन्न बैठकले रानाथारू भाषालाई गोरखापत्र दैनिकमा समावेश गरी प्रकाशन गर्ने निर्णय गरेको हो । रानाथारू भाषा समावेश भएसँगै गोरखापत्र दैनिकको नयाँ नेपाल बहुभाषा पृष्ठमा प्रकाशन हुने भाषाको सङ्ख्या ४४ पुगेको छ ।
यस कार्यका लागि नेपाल रानाथारु समाजले एक विज्ञप्ती मार्फत गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, नयाँ नेपाल पृष्ठ संयोजक कुमार विबेकानन्द मिश्र, गोरखापत्रका उपसम्पादक लक्की चौधरी लाई धन्यवाद दिएको छ।साथै यस कार्यमा सहयोग र पहल गर्नका निम्ति सुचना तथा सन्चार मन्त्री माननीय पि एस गुरुङ, पुर्ब अर्थ, सुचना तथा संचार मन्त्री डा। युब राज खतिवडा , पुर्ब मन्त्री नारद मुनी राना लगायत यस कार्यमा विगत लामो समय देखी चासो लिई निरन्तर पहल गर्ने नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं राना र पुर्ब अध्यक्ष पदम रानालाई पनि धन्यवाद प्रकट गरिएको छ।


यस पत्रिकामा रानाथारु भाषाको पेज संप्रेसरण गर्नका लागि हामी निरन्तर प्रयासरतमा थियो भनेर नेपाल रानाथारु समाजका केन्द्रिय उपाधयक्ष कमल सिह रानाले जानकारी दिनुभयो । वहाँले भन्नुभयो,“यस कार्यमा सुचना तथा सञ्चार मन्त्री माननीय पि एस गुरुङ, पुर्व सुचना मन्त्री डा युव राज खतिवडा, पुर्व मन्त्री नारदमुनी राना, नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना, रानाथारु समुदायका अगुवाहरु, गोरखापत्र संस्थान संचालक समिति अध्यक्ष विष्णु प्रसाद सुवेशी र लक्की चौधरीको निरन्तर प्रयासमा गोरखापत्रको नयाँ नेपाल बहुृभाषा पेजमा रानाथारु भाषा पृष्ठ थपेर निकाल्न सफल भएका छौ ।”

यस कार्यले नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली कंचनपुर जिल्लामा बसोवास गर्ने यस क्षेत्रको मूल आदिबासी जनजाती रानाथारुको लोप हुदै गैरहेको भाषा, साहित्य, इतिहास, दर्शन तथा संस्कृतिको अध्ययन,अनुसन्धान, प्रकाशन, लेख, रचना ,संहिताकरण मार्फत यस भाषाको संरक्षण, सम्बर्धन, उत्थान र विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास यस कार्यले नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली कंचनपुर जिल्लामा बसोवास गर्ने यस क्षेत्रको मूल आदिबासी जनजाती रानाथारुको लोप हुदै गैरहेको भाषा, साहित्य, इतिहास, दर्शन तथा संस्कृतिको अध्ययन,अनुसन्धान, प्रकाशन, लेख, रचना ,संहिताकरण मार्फत यस भाषाको संरक्षण, सम्बर्धन, उत्थान र विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएको नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले जानकारी दिनु भयो।


नेपालको संविधानले हरेक मातृभाषालाई संवैधानिक मान्यता प्रदान गर्दै राष्ट्रभाषाका रूपमा प्रत्याभूत गरेको बताउँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सरकारको समावेशी नीतिलाई गोरखापत्र संस्थानले कार्यान्वयन गरेको बताउनुभयो । गोरखापत्र दैनिकलाई थप समावेशी बनाउने क्रममा संविधान दिवसका अवसरमा रानाथारू भाषालाई समावेश गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत २०६४ असोज १ गतेदेखि समावेशी बहुभाषा पृष्ठ प्रकाशन प्रारम्भ भएको हो । प्रारम्भमा छ वटा भाषामा प्रकाशन भएको थियो । अहिले गोरखापत्र दैनिकमा ४३ भाषाका सामग्री प्रकाशन हुँदै आएको छ ।