नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ कञ्ज मा बहु उधेश्यीय विकास समाज MPDS डडेलधुरा द्वारा समुदाय स्तरमा आयोजित जनचेतना मुलक राना थारु गीत प्रतियोगिता सम्पन्न भएको थियो।

कार्यक्रम मा सभापति संस्थाकी सहजकर्ता बतासो राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का वडा अध्यक्ष आशा राम राना रहनु भएको थियो । कार्यक्रम मा रानाथारु को होरी नाच को प्रतियोगिता रहेको थियो।सो कार्यक्रम मा सहभागी लाई पुरस्कार को पनि व्यवस्था गरिएको थियो।बहु उधेश्यीय विकास समाज MPDS डडेलधुरा द्वारा समुदाय स्तरमा आयोजित कार्यक्रम यस लालझाडी गाउँपालिका मा विभिन्न,

राना जाती का आदिवासी जनजाति ले धेरै कुरा हरु गोप्य राखेका हुनाले सो लाई यो संस्था ले उजागर गर्दै आएको वडा अध्यक्ष ले जानकारी दिनु भएको थियो। कार्यक्रम मा राना थारु की दिदीबहिनी हरु आफ्नो पहिरन मा आई सो कार्यक्रम लाई सभ्य र भव्य तारिक ले सम्पन्न गरेको थियो। कार्यक्रम बहु उधेश्यीय विकास समाज MPDS डडेलधुरा का सहजकर्ता पुष्कर चन्द ले सञ्चालन गर्नु भएको थियो।