नरेश राना/कञ्चनपुर: कञ्चनपुको लालझाडी गाउँपालिका वडा नं ३ को नन्देस्वर मन्दिरमा सीमान्तकृत समुदाय र लक्षित वर्गका मानिसको न्यायमा पहुँच र कानुनी अधिकार सुनिश्चित का लागि न्यायिक समिति र सरोकारवाला बीच सामुदायीक कानुनी संवाद कार्यक्रम सम्पन्न भएको छ।
UNDP को सहयोग मा MPDS को आयोजना मा सो कार्यक्रम सम्पन्न भएको थियो। MPDS ले गाउँ समाज मा दबिएका घटना लाई बाहिर लियाई त्यसको सम्बन्धित निकाय संग समन्वय गराउने काम गरिरहेको हुन्छ । सीमान्तकृत समुदाय र लक्षित वर्गका मानिसको न्यायमा पहुँच र कानुनी अधिकार सुनिश्चित का लागि न्यायिक समिति र सरोकारवाला बीच सामुदायीक कानुनी संवाद कार्यक्रम का सहजकर्ता पुष्कर चन्द र बतासो राना ले सहजीकरण गर्नु भएको थियो।