सावन शुक्ल तृतिय तिथिका दिन कैलाली र कञ्चपुर लगायत भारतको उत्तरप्रदेश र उत्तराखण्डमा बसोबास गर्ने रानाथारुहरुले तिज पर्व वडो हर्ष र उल्लासका साथ मनाउने गर्दछन ।
साउन महिना लागेपछि रानाथारू समुदायले सावनको डोला हाल्ने गर्दछन। यो रानाथारु समुदायको परम्परागत चलन हो।राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ। जसलाइ सामनको डोला भन्दछन ।यो पर्व सावन महिनाको तृतिय तिथीको दिन मनाउने गर्दछन । यस वर्ष रानाथारुहरुको तिज सावनको २३ गते वुधवारको दिन पर्न गएको छ ।
तिजको उपलक्ष्यमा कञ्चनपुरका विभिन्न स्थानिय पालिकाहरूले भोली एक दिन सार्वजनिक विदा दिएका छन भने सुदुरपश्चिप प्रदेशको राजधानी रहेको धनगढी उपमहानगर पालिकाले रानाथारु सामुदायलाई मात्र विदा दिएको उपमहानगर पालिकाको विज्ञप्तिमा उल्ले गरिएको छ । धनगढी उपमहानगर पालिकाले रानाथारुको पर्वलाई ओझेलमा पार्न थालेको भन्दै नेपाल रानाथारु समाजका कैलाली जिल्ला अध्यक्ष लालबहादुर रानाले विरोध जनाएका छन ।
उक्त दिन विहान देखि रानाथारु महिला दिदीवहिनीहरु निरहार वर्त बस्छन । साँझ ४।५ बजे नदि, पोखरी वा तलवमा सेलाउने गर्दन । तिजको उपलक्ष्यमा विभिन्न गाउमा तिज पर्व समुहिक मनाउनकालागि शुभकामन तथा तिज विशेष कार्यक्रमको आयोजना गर्दछन । यस वर्ष धनगढी उपमहनगर पालिका वडा नं.१३ कैलाली गाउ र वडा नं. ७ मनेहरा गाउँमा तिज विशेष कार्यक्रम हुने भएको छ । त्यसै गरी कञ्चनपुरका विभिन्न स्थानिय तहमा पनि कार्यक्रम हुने जानकारी भएको बताए नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह राना । वहँले भने यो वर्ष नेपालको काठमाडौ लगायत भारतको उत्तरप्रदेश र उत्तराखण्डमा पनि भव्य रूपमा कार्यक्रम गरि तिज पर्व मनाउने बताएका छन ।












