पञ्चकाेशी चंन्दननाथ एकता समाजको अगुवाईमा भकुण्डामा आर्यघाट निर्माण गरिने

३० जेष्ठ २०८१, बुधबार
पञ्चकाेशी चंन्दननाथ एकता समाजको अगुवाईमा भकुण्डामा आर्यघाट निर्माण गरिने

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पञ्चकाेशी चन्दननाथ एकता समाजको अगुवाई भकुण्डामा आर्यघाट निर्माण गरिने भएको छ।

बुधबार स्वर्गीय निमेष लम्सालको १३ औं दिनको पुण्यतिथिको अवसर पारी पञ्चकाेशी चन्दननाथ एकता समाजलाई उक्त सवदहन स्थल निर्माण एवं व्यवस्थापनका लागी समाजले अघि सारेको प्रस्तावका लागि धन्यवाद दिदैं स्वर्गीय निमेषको स्मृतिका स्वरुप आर्यघाट निर्माणका लागि सहयोग रकम श्रद्धाञ्जली सभामा संकलित रु ११ हजार ५ सय र परिवारजनको तर्फबाट रु ५० हजार रुपैयाँ पञ्चकाेशी चन्दननाथ एकता समाजका अध्यक्ष चन्द्र प्रसाद पोखरेललाई निजको अभिवावक लोकेन्द्र लम्साल र उहाँकि धर्मपत्नी रेवतीमाया लम्सालले हस्तान्तरण गरेको अध्यक्ष पोखरेलले बताउनुभयो।

श्रद्धाञ्जली सभामा बोल्दै समाजका सल्लाहकार नमराज शाहीले मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै लम्सालले थालनी गरेको सामाजिक एवं पुण्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै स्वर्गीय लम्सालको निधन आफैंमा रहस्यमय र दुखदायी रहेको बताउनुभयो।सभामा बोल्दै मृतकका बुवा लोकेन्द्र लम्सालले श्रद्धाञ्जली सभामा उपस्थित भएका सम्पूर्णलाई आभार व्यक्त गर्दै समाजले ल्याएको प्रस्तावलाई मुर्तरुप दिन आवश्यक सहयोग एवं पहलकदमी गर्ने प्रतिबद्धता गर्दै  सामाजिक सेवामा सिंगो बेलौरीको प्रतिनिधित्व गर्न आग्रह गर्नुभयो।सभालाई समापन गर्दै पञ्चकाेशी चन्दननाथ एकता समाजका अध्यक्ष पोखरेलले सहयोग गर्ने लम्साल परिवारलाई धन्यवाद व्यक्त गर्दै स्वर्गीय निमेशको स्मृति स्वरुप प्राप्त रकम र विभिन्न निकायबाट आर्यघाट निर्माणका लागी आउने दिनहरूमा आवश्यक सहयोग प्राप्त गर्नेमा विश्वत हुँदै समाजले आफ्नो दायित्ववोध गरि नेतृत्वदायिक भुमिका र व्यवस्थापन गर्दै सामाजिक कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो।

अध्यक्ष पोखरेलले यस्ता सामाजिक कार्यका लागी आगामी दिनमा स्थानीय सरकार,नागरिक समाज,एवं विभिन्न निकायहरुसंग समन्वय र सहकार्य गर्दै कार्यक्रम अगाडि बढाउने जानकारी गराउनुभयो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio