जातिय भेदभाव तथा छुवाछुत उन्मूलन सम्बन्धी १ दिने कार्यशाला गोष्ठी

२१ जेष्ठ २०८१, सोमबार
जातिय भेदभाव तथा छुवाछुत उन्मूलन सम्बन्धी १ दिने कार्यशाला गोष्ठी

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकाको सभाहलमा आज सोमबार जातीय भेदभाव र छुवाछूतरहित सभ्य र समुन्नत राष्ट्र निर्माण गरौ भन्ने मुल नारा सहित १९ औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मुलन सम्बन्धि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य हिरा सार्की रहेका थिए। जातीय भेदभाव छुवाछूतको अन्त्य गरी समुन्नत राष्ट्रको निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने प्रमुख अतिथी हिरा सार्कीले बताएका छन्। त्यस्तै जातीय भेदभाव र छुवाछूत मुक्त समाज निर्माण गर्नसके समग्र राष्ट्रकै हित हुने साथै विकास समृद्धि जोडिने लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताएका छन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना राना चौधरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio