राना थारु समुदायले मनाए काठमाडौंमा होली मिलन तथा खखडेहरा पर्व

१८ चैत्र २०८०, आईतवार
राना थारु समुदायले मनाए काठमाडौंमा होली मिलन तथा खखडेहरा पर्व

काठमाडौँ। नरेश राना / राना थारु समुदायले काठमाडौंमा पहिलो पटक होली मिलन तथा खखडेहरा पर्व मनाएका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राना थारु समुदायको लागि व्यावसायिक योजना अघि सार्नुपर्ने धारणा राखे।


नेपाल राना थारु युवा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए ।
लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन राना थारु युवा समाजलाई आग्रह गर्दै उनले व्यावसायिक रूपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनि राना, पूर्व संविधानसभा सदस्य कृपाराम राना नेपाल रानाथारु समाज जिल्ला अध्यक्ष प्रेमवती राना उपा अध्यक्ष मनोहर राना ,कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा , उपनगर प्रमुख द्रोपती राना,बेलौरी नगरपालिका का नगर प्रमुख पोती लाल चौधरी , लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना लगायतले राना थारु समुदायको उत्थान हुनुपर्ने विषय औँल्याएका थिए । होली मिलन कार्यक्रममा कैलाली र कञ्चनपुरबाटै कलाकार टोली काठमाडौं आएका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio