होरी मिलन र सांस्कृतिक कार्यक्रम लालझाडीमा सम्पन्न

१६ चैत्र २०८०, शुक्रबार
होरी मिलन र सांस्कृतिक कार्यक्रम लालझाडीमा सम्पन्न

नरेश राना / लालझाडी ,कंचनपुरको लालझाडी गाउँपालिका वडा नं ४ स्थित डाडाँजाईमा फुटबल खेल मैदानमा ओम प्रकाश रानाको अध्यक्षतामा होरी मिलन र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।संस्कृति बचामै कुरीति हटामै निर्झल समाज बनामै मूल नारा के सँगै होरि मिलन और सांस्कृतिक कार्यक्रम २०८० को लालझाडी गाउँपालिका को समन्वय मा सो कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रम लाई होरि मिलन और सांस्कृतिक कार्यक्रम समिति ले आयोजना गरिएको Part


कार्यक्रममा प्रमुख अतिथी सुदुर पश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा , विशिष्ट अतिथी लालझाडी गाँउपालिका उपाध्यक्ष सपना चौधरी राना , नेपाल रानाथारु समाजका उपाध्यक्ष ओम प्रकाश राना , अतिथी लालझाडी ४ का वडा अध्यक्ष बहादुर राना ,कंचनपुर जिल्ला समन्वय समितिका निवर्तमान सदस्य डिठ्ठा राना , नेपाल रा.था.स. का कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर राना , कार्यपालिका सदस्य , वडा सदस्य, संघ संस्थाका प्रतिनिधि , समाजसेवी ,बुद्धिजीवी , कलाकार तथा पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा गायक शंकर राना , मोडेल सरस्वती राना , मोडेल सन्जय दत्त रानाको बेजोड प्रस्तुति सहित स्थानीय होरी नाच र नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम संचालन श्रीशा रानाले गरेकी हुन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio