दिनेश राना/कैलालीः कञ्चनपुरको पुर्नवास–५, सिमरीमा रहेका भिमसेन मन्दिरमा महाशिवरात्री कथा महोत्सव शुरु भएको छ ।
मिति २०८० फागुन २४ गते महाशिवरात्री कथा महोत्सव सिमरी गाउँको भिमसेन बाबा मन्दिरमा शुरु भएको छ । श्री भिमसेन बाबा धार्मिक सेवा समितिको आयाेजनामा सो महोत्सब शिवरात्रीको अवसर पारि २४, २५ र २६ गते गरी तीन दिन हुने भएको छ ।

महोत्सवको उद्घाटन प्रमुख अतिथि रहेका पुनर्वास नगरपालिकाका मेयर श्री तोयानाथ शर्माले गर्नु भएको थियो । उहाँले श्री भिमसेन बाबाको धार्मिक तथा ऐतिहासिक महत्व दर्साउँदै, आजभोलिका युवा पिढीलाई कुलतबाट बचाउन धर्मकर्ममा अग्रसर गराउनु पर्नेमा जोड दिनुपर्ने तथा आफुले हुनसक्ने सक्दो सहयोग गर्ने बताउनु भयो ।
त्रिदिवशिया उत्त महोत्सवका प्रवचक हरि प्रसाद भट्ट (व्यासाचार्य) रहने कार्यक्रमका संचालक तथा भिमसेन बाबा धार्मिक सेवा सिमितिका अध्यक्ष तिर्थराज रानाले बताउनुभयो ।
अध्यक्ष रानाले कथा हरेक वेलुका ७ बजे शुरु हुने र सम्पुर्णलाई कथा सुनि ज्ञान आर्जन गर्न पनि अनुरोध गर्नुभएको छ ।







