नरेश राना/कञ्चनपुरः वर्षाको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न सहयोग गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

निड्स नेपालको सहयोग एवं जल तथा मौषम विज्ञान विभागको प्राविधिक सहयोगमा बुधवार वडा नम्बर २ स्थित दोदा पुल (मछेली नदी)मा पूर्व सुचना प्रणाली जडान गरिएको हो ।

वर्षाको समयमा वर्षेनी कटान र डुबानबाट क्षति व्यहोर्दै आएका तटीय क्षेत्रका स्थानीयका लागि क्षति कम गराउन पूर्व सुचना प्रणाली जडान जडान गरिएको वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले बताए । लालझडी पूनर्वास,बेलौरीका पाँच हजार बढी घरधुरीलाई क्षति कम गर्न पूर्व सुचना प्रणालीले मद्धत पुग्ने निड्स नेपालका कार्यक्रम संयोजक नवीन भट्टले बताए । उनले पालिकासंग मिलेर निड्स नेपालले काम गरिरहेको उनले बताए ।

पूर्व सूचना प्रणालीले बाढी पूर्व सर्तक हुन निर्देशन दिएपछि मानिसहरु सचेत हुदा मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्ने छ ।