नरेश राना/कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।





बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ । अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो ।
घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको बिधुत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए ।
पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विधुत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गर्दैछ ।







