नरेश राना/कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकमा रहेको थारू कल्याणकारीणि सभा बेलौरीको आयोजनामा ३ दिने माघी मेला लाग्ने भएको हो।


बेलौरीको थारु छात्राबासमा बिहीबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारीणि सभा बेलौरीले “राष्ट्रिय एकतामा विविधतामा हमार सान, थारु भाषा,सस्कृती बचैना हमार अभियान” भन्ने मुल नारा सहित बेलौरीको खुला मञ्च माघी मेला पौष २६,२७ र २८ गते ३ दिने गर्ने भएको छ।पौष २६ गते दिन रक्तदान कार्यक्रम सहित उदघाटन हुने आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रयोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा लि प्रबर्द्धन बेलौरी नगरपालिकाको कार्यालय रहेको छ।

थारू समुदायको कला,लोक सस्कृती र भाषा साहित्यको जगेर्ना एवं प्रबर्द्धन र सरक्षणमा सहयोग पुर्याउने,थारु समुदायमा रहेका कुरुती हटाइ एकजुट भइ शिक्षित समाज निर्माणमा सहयोग पुर्याउने,थारु झाकी कला सस्कृतिहरुको समेत प्रदर्शन लगायतको उदेश्यका साथ मेला अवधीमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति माघी ,झुम्रा मुग्रुह्ववा ,हुरहुग्वा नाच तथा अन्य पुराना पुराना प्रस्तुति थारु समुदायको रहनसहन सस्कृती र भेषभुषा प्रदर्शन, थारु लेखन प्रस्तुति, थारु परिकारको मेलामा ५० हजार दर्शकहरुको कार्यक्रममा सहभागी हुने अनुमान गरिएको थारु कल्याणकारीणि सभा बेलौरीका अध्यक्ष खडक चौधरीले जानकारी दिनुभयो।मेला अवलोकनका लागि कुनै टिकट बापत कुनै शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ ।