दिनेश राना÷धनगढी, ९ अगहन ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित नवज्योति कृषि सहकारी संस्था लि.को १५औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष पुर्व वडा अध्यक्ष सिताराम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य मननिय प्यारेलाल राना रहनु भएको थियो । विश्ष्टि अतिथी धनगढी उपमहानगर पालिका वडा नंं. ७ का वडाअध्यक्ष मोति राना रहनु भएको थियो । त्यसैगरी शुभकामना दिनुहुने अतिथीहरुमा देवहरिया सामुदायिक वन उपभोक्त समुह सचिब संगिता जागरी,राष्ट्रिय सहकारी वैकका प्रतिनिधि दिनेश गेला, देवहरिया गाउँका भलमन्सा जगन्नाथ रानाले दिनुभएको थियो ।
संस्थाको आ.व.२०७९।०८०मा ११ करोड ४९ लाख , ९७ हजार ९ सय ८२ रुपैया बराबो कारोबार गरेको छ भने शुद्घ नाफा १३ लाख ३१ हजार ८ सय ७४।४० रुपैया गरेको छ । सोहि कार्यक्रममा संस्थाले असल ऋणीहरुलाई सम्मान गरेको छ । सम्मान हुने शेयर सदस्यहरुमा पल्टुराम राना, महेन्द्र राना, राधेश्याम राना र अन्तराम चौधरी र कमैचारीहरु मध्येबाट सन्योबरी रानालाई सम्मानपत्र तथा दोसल्ला सहित सम्मान गरेको छ ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मेघनाथ रानाले गर्नुभएको थियो भने संचालन सचिब भिराराम रानाले गर्नुभएको थियो ।