दिनेश राना/कैलाली: कञ्चनपुरको लालझाडीमा २ दिने स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला सम्पन्न भएको छ।
सेतो गुराँस राष्टिय बाल विकास कार्यशाला द्वारा लालझाडी गाउँपालिकाको हेल्टपोस्टमा सो गोष्ठि सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनु भएको थियो। कार्यक्रम मा सेतो गुराँस राष्ट्रिय बालविकासका सहजकर्ता मोहनराज निरौलाले लालझाडी गाउँपालिकाका उपाअध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, प्रत्येक वार्ड का वार्ड अध्यक्ष ,कार्यपालिका सदस्य, सम्बन्धित शाखाका कर्मचारीहरुलाई गाउँपालिकामा हुने सम्बन्धित शाखा का कर्मचारीहरुलाई अब आउने दिनमा ना बुझेका कामहरुलाई सहज किसिमले गर्न का निम्ति सो कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो। खास गरी वाल विकासलाई बढी जोड दिई साथै महिला सबन्धी हुने समस्याको बारेमा सो गोष्ठी सम्पन्न भएको थियो। आउने दिन मा लालझाडी गाउँपालिकाले ३ ओटा कार्यक्रम गर्ने योजना बनाएको छ।
१)प्रारंभिक बालविकास को लागि रुजुसुचि कार्यक्रम
२)घरमा आधारित प्रा.बालविकास कार्यक्रम
३)अभिभावक शिक्षा कार्यक्रम
स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माणसम्बन्धी परामर्श कार्यशाला गोष्ठी लाई युनिसेफ नेपाल को सहयोग मा लालझाडी गाउँपालिका को आयोजनामा सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्र को सहयोग मा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम लाई सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्र का सहजकर्ता पदम सुन्दर लिम्बू र लालझाडी गाउँपालिका का बालविकास संयोजक सुनिता रानाले सहजीकरण गर्नु भएको थियो।