नरेश राना/कञ्चनपुर: जिल्लाको बेलडाँडी गाउँपालिकामा ‘बेलडाँडी सुपर डान्सर’ प्रतियोगिता २०८० को फाइनल उपाधी च्याम्पियन बिपना कुवर बनेकी छिन् ।
बेलडाँडि सुपर डान्सरको फाइनल (फिनाली) बिहिबार बेलडाँडी वडा न.२ मा रहेको बषपार्कको मैदानस्थित कार्यक्रम समारोहमा प्रमुख अतिथी बेल्डाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र राना विशिष्ट अतिथिमा उपप्रमुख शान्ति नाथ रौलेश्वर बहुमुखी क्याम्पसका प्रयाग जोशी, राष्ट्रिय स्वतन्त्रता पाटी बेल्डाँडीका सभापति तेजसिंह धामी, अतिथिमा पालिका वडा अध्यक्ष,बुद्धिजीवी,विभिन्न राजनिती दलका नेता,समाजसेवी, मूल्याङ्कनकर्ता (जज) आरके कमल टमटा, पुनम चन्द साउद र भूपेन्द्र राना लगायत स्थानिय दर्शकहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सुपर डान्सर टप -६ जनाले फाइनलमा आफ्नो स्थान सुरक्षीत राखेर अा आफ्नो डान्स प्रतिभा प्रस्तुत गरेका थिए जसमा विपना कुवरले प्रथम, दृतिय रामु सुनार र तृतिय आसिका पार्की भएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा न्यू मालिकार्जुन ट्रेड एण्ड सप्लायर्स चवन्नी बजारका सञ्चालक तेजसिंह धामीले प्रथम पुरस्कार स्वरुप रु. २५ हजार, सन्देश चाउमिन एण्ड सस उद्योग चवन्नी बजारका सञ्चालक सन्देश पाण्डेयले द्वितीय पुरस्कार स्वरुप रु. १० हजार र ब्रह्मा एसएनडी युपिभिसी झ्याल ढोका उद्योग महेन्द्रनगरका सञ्चालक सन्तोष सुनारले तृतीय पुरस्कार स्वरूप रु. १० हजार रकम उपलब्ध गराई विजेताहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डान्स प्रतियोगिताको कार्यक्रमले मनोरञ्जनका साथै स्वास्थ्यका लागि पनि विशेष महत्व भएकोले युवाभाइबहिनीहरुमा सकारात्मक प्रतिस्पर्धा हुने बताउनु भयो ।
बेलडाँडी सुपर डान्सर २०८० का जज् (निर्णायक) आरके कमल टमटाका अनुसार सुपर डान्सर मा अडिसनमा १३४ जनाको सहभागिता रहेको थियो। जसमा १३४ जनामा प्रारम्भिक छनोटको अडिसन बाट ५८ जना रहेका छनोट भएका थिए। ५८ जनाबाट प्रतिस्पर्धा गर्दै २२ जना छनोट गरिएका थिए। जसमा उनिहरुले मेगा अडिसनमा स्थान पक्का गरेका थिए। असोज २० गते सनिवार मेगा अडिसन सम्पन्न भएको थियो। असोज २७ गते सनिवार टप १२ बाट सिधै आफ्नो टप -६ मा आसिका पार्कि, बिपना कुवर ,बिनिता बि.क , रामु सुनार, अस्मिता राना र रितु पार्किले फाइनलको यात्रा पक्का गरेको थियो ।