नरेश राना/कञ्चनपुर: कृष्णपुर नगरपालिकामा प्लास्टिकजन्य फुलमालाहरु मा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले मंगलबारका दिन एक सुचना जारी गर्दै तिहारको समयमा प्रयोग हुने प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थबाट बनेका फुलमालाहरु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।
यस अवधिमा प्लास्टिकबाट निर्मित फुलमालाहरु विक्री वितरण, प्रयोग गरिएको पाइए मा कारबाही गरिने कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाले बताएका छन् ।







