लालझाडीमा दोस्रो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता मङ्सिर ३ गते बाट हुने

२० कार्तिक २०८०, सोमबार
लालझाडीमा दोस्रो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता मङ्सिर ३ गते बाट हुने

नरेश राना/कञ्चनपुर: लालझाडी गाउँ खेलकुद समितिको आयोजना लालझाडी गाउँपालिकाको समन्वयमा २०८० मङ्सिर ३ गतेबाट सर्वाधिक धनराशिको दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

लालझाडी खेलकुद बिकाश समितीले प्रतियोगिता विजेताले नगद २ लाख ५५ हजार५ सय ५५ रुपैयाँ , उपविजेताले १ लाख ५५ हजार५ सय ५५ रुपैयाँ , उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउने लालझाडी गाउँ खेलकुद समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो। अध्यक्ष रानाका अनुसार उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता लाई रु ५/५ हजार,उत्कृष्ट खेलाडी लाई ५ हजार यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार १ सय प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता शुल्क ११हजार   ५ सय ५५ रुपैयाँ  तोकिएको छ । खेलकुद प्रतियोगिता फिफा एन्फाको नियम बाट खेलाइने पत्रमा उल्लेख गरिएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio