बेलडाँडीमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

२० कार्तिक २०८०, सोमबार
बेलडाँडीमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

नरेश राना/कञ्चनपुर: बेलडाँडीमा शुक्रवार देखि संचालन भएको बृहत सांस्कृति कार्यक्रमको आज आइतवार समापन भएको छ ।
‘कला र संस्कृतिको जर्गेना गरौं’ भन्ने मुल नाराका साथ बेलडाँडीमा तीन दिनका लागि बृहत साँस्कृतिक कार्यक्रम २०८० शुरु भएको थियो । बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको न्यू आराधना कला मन्दिरको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलीको विशेष अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तीन दिन चलेको थियो ।
१९ गते देखि शुरु भएको सांस्कृतिक कार्यक्रममा कुनाकान्द्रामा लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न कार्यक्रम गरिएको न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार गाउँघरमा विभिन्न कला लुकेको बताउदै यस्ता कलालाई बाहिर ल्याउन सबैपक्षको साथ रहनु पर्नेमा जोड दिए । आफुहरुले सोचे भन्दा बढी उपलब्धी मुलक भएको बताउदै यस्ता कार्यक्रम आगामी दिनमा समेत गरिने बताउनु भयो ।
कार्यक्रम संयोजक तथा चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले सांस्कृतिक कार्यक्रमको आयोजना भएपछि यहाँका स्थानीय व्यापारीको व्यापार बृद्धि होस् भन्ने उदेश्यका साथ गरिएको जनाउदै आर्थिक मन्दीका कारण थलापरेको बजारमा यस्तो कार्यक्रमले टेवा पुगेको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमको आयोजना गरिने वहाँले जनाउनु भयो ।

यस्तै कार्यक्रमको समापन गर्दै बेलडाँडी गाउँपालिका वडा नं. २ का अध्यक्ष नारद सिंह उर्यालयले आफ्नो संस्कृति, रितिरिवाज सबैले मनाउन र संरक्षण गर्न पाउनु उनको अधिकार भएको बताउदै यस्ता कार्यक्रम गर्न आफुहरुको साथ सहयोग रहिरने बताउनु भयो ।
भुपेन्द्र रानाको सभापतित्वमा प्रमुख अतिथि नारद सिंह उर्याल, विशिष्ट अतिथि राजधानी कलाकेन्द्रका निर्देशक राष्ट्रिय दोहोरी प्रतिष्ठानका जिल्ला सदस्य जनक कुवर, वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्री लगायतका अतिथि रहेका थिए । उक्त कार्यक्रमको संचालन राष्ट्रिय लोक कलाकार हेमन्ता शर्माले गरेकी थिइन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio