नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका मा कृषि शाखा बाट ५०% अनुदानमा च्याउ वितरण गरिएको छ।
लालझाडी गाउँपालिका अन्तर्गत निवेदनको आधारमा ३० समूहलाई च्याउ वितरण गरिएको कृषि शाखा प्रमुख दसरथ साउदले जानकारी गर्नु भएको थियो। यस्तै पालिकाले ५० % मा गहुँको विउ पनि वितरण गरिएको थियो।
किसानलाई राहत हुने किसिमले कृषि शाखाले कृषक समूह र कृषि सहकारीलाई हस्तान्तरण गरिएको शाखा प्रमुख साउदले बताउनु भएको थियो।