नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं २ मा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ। नेपाल राष्ट्र बैंक का वर्ग को इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर चान्देवले शाखा विस्तार गरेको हो ।
उद्दघाटन कार्यक्रम मा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उप प्रमुख सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वार्ड नं ५ को वार्ड अध्यक्ष पहल बहादुर थापा, इलाका प्रहरी कार्यालय कसवाका प्रमुख रमेश परियार, र चानदेव शाखा प्रमुख टेक राज जोशीको उपस्थिति रहेको थियो। कार्यक्रम मा प्रमुख अतिथिले स्थानियहरुको पालिकाको काम मा सहज र छरितो गर्न नबिल बैंकले सहयोग गर्ने पालिका अध्यक्ष निर्मल राना बताएका छन्। नबिल बैंकले सेवा सञ्चालन गरे सँगै अब स्थानीयहरुको बाहिर जाने समस्य हटेको छ।