धनगढी: कंचनपुरको पुनर्वास नगरपालिका वडा नं ८ का ४ जना युवा भिजिट भिसामा दुबईमा काम गर्न जादा अलपत्रमा परेका छन । पुनर्वास नगरपालिका वडा नं ८ बस्ने विश्राम राना ,राजनेपाल,राना, बल बहादुर राना र दुले राम राना अलपत्रमा परेका थिए ।
भिजिट भिसामा काम गर्न जादा कम्पनीबाट निकालिए हुन । अलपत्र नेपाली दाजुभाइ लाई अक्टोबर २१ तारिक भोलि दुबईबाट नेपाल फर्किदै छन । यस भन्दा अगाडी १० जना दाजुभाइलाई पनि नेपाल पठाएको छु । भिजिट भिसामा काम गर्नको लागि दुबईमा नाअउनको लागि लालझाडी गाउँपालिका वडा नं. ४ घर भएका र हाल दुबईमा रहेका युवा समाजसेवी भोजराज रानाले आग्रह गरेका हुन ।
भोजराज राना रेडियोमा रानाथारु भाषाका कार्यक्रम संचालक , युवा समाजसेवी समेत हुन । उनी दुबई बसेर पनि स्थानीय क्षेत्रमा सहयोग गर्दै आइरहेका छन ।