१०औं वार्षिक साधारण सभा लालझाडीमा सम्पन्न

३० आश्विन २०८०, मंगलवार
१०औं वार्षिक साधारण सभा लालझाडीमा सम्पन्न

नरेश राना/कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको कञ्चन सामुदायीक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कञ्चन सामुदायीक वन उपभोक्ता समूहको अध्यक्ष लक्ष्मण सिंह ऐरको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको थियो। साधारण सभामा प्रमुख अतिथि लालझाडी गाउँपालिका की उपाअध्यक्ष सपना चौधरी राना रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी सब डिभिजनका प्रमुख हरी नारायन यादव, CFCC कञ्चनपुरका उपाअध्यक्ष नरेश भट्ट रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य सामुदायीक वनका उपाअध्यक्ष बन्धो रानाले दिनु भएको थियो। कार्यक्रममा सामुदायीक बन्का सचिव राम अवतार रानाले आय, व्याय प्रस्तुत गर्नु भएको थियो । जसमा जम्मा ११ लाख, ६६हजार ७९६ बराबरको कारोबार भएको आय ब्याय प्रस्तुत गरिएको थियो। कार्यक्रममा लालझाडी अन्तर्गतका विभिन्न सामुदायीकका अध्यक्ष तथा वन हेरलुहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिले यो सामुदायीक वन उपभोक्ता समूहलाई हामी अगाडि बढाउनका लागि हामी एक अर्कालाई सहयोग गर्यो भने हामी यस सामुदायीक वनलाई अगाडि बढाउन सकिन्छ।

कार्यक्रममा आउँदो वर्षको लागि कार्य योजना सामुदायीकका सचिव राम औतार रानाले प्रस्तुत गर्नु भएको थियो । आउँदो वर्षको कार्य योजनालाई हामी कर्म बद्ध अनुसार जाने सामुदायीक वनका अध्यक्ष लक्ष्मण सिंह ऐरले जानकारी गराउनु भएको थियो। कार्यक्रम बैजनाथ बहुभाषिकआधारभूत विद्यालयका शिक्षक डबल बहादुर रानाले सञ्चालन गर्नु भएको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio