नरेश राना/कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका का हमासमा आक्रमणमा पारेर विधार्थीहरु मध्ये सुदुरश्चिमाञ्चल विश्वविद्यालयमा अध्यनरत बिधार्थीहरु पनि “लर्न एण्ड अर्न ” प्रोग्राम अन्तर्गत इजरायल पुगेका थिए । जसमा कृष्णपुर नगरपालिका का तीन जना युवाहरु थिए । कृष्णपुर नगरपालिका वार्ड नं २ का नितिन भण्डारी, वार्ड नं ४ का रमेश कार्की, र पदम धामी रहेका थिए।
उनीहरू तिनै जना युवाहरु सुरक्षित रहनुभएको थियो । ती युवाहरुलाई लगातार तीन दिन सम्म सम्पर्क रही कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले नेपालसम्म ल्याउने भएका छन्। आज रातीको समयमा नेपाल एयरलाइन्सबाट नेपाल पुग्ने छन् भनी नगर प्रमुख ओझाले जानकारी दिनु भएको छ। ती युवाहरु साथी गुमाएको पीडा, पाँच दिन तनावमा बिताएको पीडा र दुःख कल्पना भन्दा बाहिर भनी भिडियो कलबाट नगर प्रमुखलाई जानकारी गराइरहेका थिए।
जसमा १० जना नेपाली अकालमा ज्यान गुमाए नेपाल शोकमा डुबेका छ।