पुनर्वासमा रानाथारू हाजिरी जवाफ प्रतियोगिता कार्तिक २७ गते हुने

२१ आश्विन २०८०, आईतवार
पुनर्वासमा रानाथारू हाजिरी जवाफ प्रतियोगिता कार्तिक २७ गते हुने

दिनेश राना/कैलालीः कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं १० स्थित अलंकार आधारभुत बिद्यालयको प्रांगणमा नवयुग युवा क्लबको आयोजनामा दिपावलीको उपलक्ष्यमा रानाथारू हाजिरी जवाफ प्रतियोगिता र साँस्कृतिक कार्यक्रम २०८० कार्तिक २७ गते हुने भएकाे छ ।

“शिक्षामा जोडदिई सम्मुनत र रूपान्तरित समाजको निर्माण” भन्ने मुल उद्देश्यका साथ रानाथारु हाजिरी जवाफ प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।
प्रथम पुरस्कार – रु १५,००० /-, द्वितीय पुरस्कार – रू. १०,०००/- र तृतीय पुरस्कार रू. ५००० /-सहित प्रमाण पत्र दिने बताएका हुन ।
मिति २०८० कार्तिक २६ गतेसम्म टिम दर्ता गर्न सक्ने र दर्ता शुल्क रु. १०००/- रहेको छ ।

टिम दर्ता गर्दा ४ जना संख्यामा महिला एक जना अनिवार्य सहभागी गर्नुपर्नेछ । उक्त प्रतियोगितामा प्रश्नहरू रानाथारू भाषा, कला, साँस्कृति सम्बन्धी ५० प्रतिशत र सामन्य ज्ञान सम्बन्धी ५० प्रतिशत प्रश्न सोधिने छ । प्रश्न सोधिएको ३० सेकेन्डमा उत्तर भनि सक्नु पर्नेछ र सोधिएको प्रश्न २ पटक भन्दा बढि उच्चारण गरिने छैन । उत्तर दिदा टिम क्याप्टनले मात्र उत्तर दिन पाइने छ । एक पटक भनेको उत्तर नै मान्य हुनेछ र सो उत्तर पुस्तिकामा उत्तर जुन छ त्यही उत्तर मान्य हुने भनेर नवयुग युवा क्लबका अध्यक्ष राजेश रानाले बताएका हुन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio